ब्रेकिङ स्टोरी

पदवहाली गर्दै भुसालले भनिन्- सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु 

By खबरहब

July 17, 2022

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छिन्।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।

सिंहदरबार पुग्दा उपसभामुख भुसाललाई संसद् सचिवालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने बताइन्। उनले भनिन्, “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमानदारीपूर्वक काम गर्नेछु, चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढंगबाट बढाउन मद्दत गर्नेछु ।”

गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सांसद भुसालले प्रतिनिधिसभामा भएको निर्वाचनमा एमालेकी उम्मेदवार बिद्या भट्टराईविरुद्ध बहुमत प्राप्त गरेकी थिइन्।