तस्वीर- क्रिकइन्फो

क्रिकेट

श्रीलंकाविरुद्धको टेस्टमा पाकिस्तानका आजमको शतक, श्रीलंका ४० रनले अगाडि

By खबरहब

July 17, 2022

काठमाडौँ- पाकिस्तानी ब्याटर बाबर आजमले श्रीलंकाविरुद्ध शतक प्रहार गरेका छन् । श्रीलंकाको गल्लेमा जारी पहिलो टेस्टमा आजमले शतक प्रहार गरेका हुन् । उनको यो सातौँ टेस्ट शतक हो । खेलको दोस्रो दिनमा ११९ रनमा आउट हुँदा उनले २ सय ४४ बल खेलेका थिए ।

शतकीय इनिङ्ग्समा उनले ११ चौका र २ छक्का प्रहार गरे । उनलाई श्रीलंकाका महीश थिकशानाले एलबीडब्लु आउट गरेका थिए ।

यसअघि पहिलो इनिङ्ग्समा श्रीलंकाले २२२ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले आजमको शतकसँगै २१८ रन बनाउन सफल भएको थियो । पाकिस्तानले २१८ रन बनाउँदा सबै विकेट गमाएपछि श्रीलंकाले ४ रनको अग्रता कायम गरेको थियो ।

पाकिस्तानी इनिङ्ग्स सकिएसँगै ब्याटिङ गरेको श्रीलंकाले दोस्रो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ । यससँगै श्रीलंकाले ४० रनको अग्रता कायम गरेको छ ।