तस्वीर- क्यान

क्रिकेट

नेपालद्वारा स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत

By खबरहब

July 17, 2022

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपालले स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेसँगै ब्याटिङको निम्तो पाएको नेपाल ३५ ओभर ५ बलमा केबल १ सय २८ रनमा समेटियो ।

नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । नेपाललाई सस्तैमा समेट्न स्कटल्याण्डका हमजा ताहिरले ४ र मार्क वाटले ३ विकेट लिए ।