बलिउड/हलिउड

नयाँ फिल्ममा अक्षय कुमारको पञ्जाबी लुक्स

By खबरहब

July 17, 2022

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका ठूला स्टार आमिर खानको फिल्म लाल सिंह चड्डासँग अर्का स्टार अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ भिड्दै छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुबै फिल्म एकसाथ प्रदर्शनमा आँउदै छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् । घोषित डेट सार्ने पक्षमा दुबै स्टार नभएपछि फिल्मको भिडन्त तय छ । दुबै फिल्म सामाजिक कथावस्तुमै निर्माण भएका हुन् ।

यद्यपि अक्षय भने नयाँ फिल्मको छायांकनमा छन् । आमिरसँग उनको फिल्मको भिडन्त हुँदा उनले प्रचारको सट्टा छायांकनलाई समय दिएका छन् । लन्डनमा भइरहेको फिल्ममा उनले पञ्जाबीको भूमिका निर्वाह गरेका छन् । फिल्मलाई वाशु भग्नान्नीले निर्माण गर्दै छन् ।

अक्षयले वाशुको कम्पनी पूजा इन्टरटेनमेन्टसँग वेल वटम र सिन्ड्रेलामा काम गरिसकेका छन् । यो उनीसँग तेस्रो सहकारी हुनेछ । फिल्मको छायांकनबाट अक्षयको लुक्स बाहिरिएको छ ।

जहाँ उनी पञ्जाबी अधवैशेको लुक्समा देखिएका छन् । भारतबाट लन्डन पुगेको पञ्जाबीको कथामा फिल्म रहेको अनुमान लगाउन सकिन्छ । फिल्मलाई टिनु सुरेश देशाइले निर्देशन गरेका छन् । टिनुले अक्षय अभिनित रुस्तमको निर्देशन गरिसकेका छन् ।