तस्वीर- क्यान

क्रिकेट

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

By खबरहब

July 17, 2022

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग २ विकेटले पराजित भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १ ओभरमा दुई विकेट गुमाएर भेट्टाएसँगै नेपाल स्कटल्याण्डसँग पराजित भएको हो ।

स्कटल्याण्डका लागि कलम मकलोडले सर्वाधिक ६४ रन बनाए भने काइल कोट्जरले ४४ रन जोडे । नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए ।

यसअघि टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रेको नेपालले १ सय २८ रन बनाउन सफल भएको थियो । खेलमा नेपालले ३५ ओभर ५ बलमै सबै विकेट गुमायो ।

नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२ रन जोडे । नेपाललाई सस्तैमा समेट्न स्कटल्याण्डका हमजा ताहिरले ४ र मार्क वाटले ३ विकेट लिए ।