बलिउड/हलिउड

अक्षय कुमारको फिल्म हलमा नआउने

By खबरहब

July 17, 2022

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरु लगातार असफल छन् । बेल बटम , बच्चन पाण्डे , सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कम्जोर अंकमा छ । उनी अभिनित फिल्महरु हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए ।

यसैकारण हुन सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ ।

रञ्जित एम तिवारी निर्देशित मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ ।

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ ।

सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएका यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ । फिल्मको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने फिल्मका सदस्यले पिंकभिल्लालाई बताएका छन् ।

यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ । तर , फिल्म वा सिरिज स्वरूप जुनै भएपनि फिल्म हलमा नभई ओटीटीमा आउने तय छ।