तस्वीर- सीजीटीएन

अन्तर्राष्ट्रिय

खरबुजालाई भुक्तानीको रुपमा स्वीकार गर्न बाध्य चिनियाँ व्यवसायी

By खबरहब

July 17, 2022

काठमाडौँ– चीनको सम्पत्ति बजारमा देखिएको मन्दीका कारण कम्पनीहरुले अनौठो बजारीकरण नीति लिन थालेका छन् । हालै सार्वजनिक एउटा समाचारमा चीनका घरजग्गा निर्माण व्यवसायीहरुले भुक्तानीका रुपमा खरबुजा समेत स्वीकार गर्न थालेको दाबी गरिएको छ ।

‘चीनका तेस्रो एवम् चौथो तहका नगरमा रहेका सम्पत्ति व्यवसायीहरुले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु अघि सारेका छन् ।’ चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले जनाएको छ, ‘किसानहरुलाई घर खरिद गर्नका लागि ऋण लिन आकर्षित गर्न गहुँ, लसुनबाट समेत भुक्तानी गर्न मिल्ने नीति अघि सारिएको छ ।’

चीनको नानजिङ सहरमा रहेका एक घरजग्गा व्यवसायीले आफ्नो कम्पनीले २० युआन प्रतिकिलोका हिसाबमा खरबुजाबाट समेत भुक्तानी गर्न मिल्ने नीति लिएको बताएका छन् ।