फाइल तस्बिर

राजनीति

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

By खबरहब

August 17, 2022

काठमाडौं– संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक बुधबार अपरान्ह बस्ने भएको छ ।

वालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।

२०७४ सालको निर्वाचन र गत ३० वैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।