आर्थिक

२६ करोड बराबरको वाद्ययन्त्र आयात 

By खबरहब

August 17, 2022

काठमाडौँ– नेपालले एक वर्षमा करिब २६ करोड रुपैयाँका विभिन्न वाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ ।

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको वाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको वाद्ययन्त्र भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो । 

विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो । 

सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गितार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो