तस्वीर- इरानप्रेस

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित

By खबरहब

August 17, 2022

काठमाडौँ- अफगानिस्तानमा लागेको डढेलोबाट आठ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् ।

मुलुकको उत्तरमा रहेको जावजवान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको डढेलोबाट आठ सय भन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।

विस्थापित परिवारहरु जावजान प्रान्तको राजधानी शिबरघान सहर र छिमेकी बल्ख प्रान्ततर्फ प्रस्थान गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सत्तार हलिमीले पत्रकारहरूलाई बताएका छन् ।

‘अगस्ट ८ मा शुरु भएको आगलागीले फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा सबैलाई घेरेको छ, प्रत्येक दिन पाँचदेखि छ घरहरू पूर्ण वा आंशिक रूपमा जलेको छ, र एक सय २० आवासीय घरहरु खरानी भएका छन्,’ एक अधिकारीले जानकारी दिएका छन् ।

प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा आगलागीबाट ठूलो क्षति पुगेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकेको छैन ।