देश/प्रदेश

थप ८५२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य 

By खबरहब

August 17, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परीक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परीक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।