माओवादी पार्टी कार्यालय । फाइल तस्बिर

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक : बिहीबार पदाधिकारी टुङ्ग्याउने

By खबरहब

August 17, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए।

बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको र बिहीबार नै अन्तिम टुङ्गो लाग्ने प्रवक्ता महराले जानकारी दिए।

स्थायी कमिटी बैठकले बिहीबार बिहान पुन बस्ने माओवादीले जनाएको छ ।