देश/प्रदेश

सल्यानबाट पाटे बाघ नियन्त्रणमा

By खबरहब

August 17, 2022

सुर्खेत- जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर- ७ घुईयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए ।

कालीमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस अघि आइतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ वर्षीय राम बहादुर चन्द, ६७ वर्षीय कवि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यही हुन सक्ने अनुमान गरिएको उनले बताए ।