तस्वीर- सिन्ह्वा/युएनआई

अन्तर्राष्ट्रिय

तालिबान लडाकुले अफगानिस्तानमा पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काए

By खबरहब

August 17, 2022

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुहरुले पाकिस्तानी सेनाले निर्माण गरिदिएको मिनार भत्काइदिएका छन् ।

पूर्वी अफगानिस्तानको बडाखशान प्रान्तको बडाख्सिशमा पाकिस्तानी सेनाले निर्माण गरेको मिनार तालिबानका लडाकुले भत्काइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त मिनारको खम्बामा पाकिस्तानको चिन्ह समेत देखिएको एएनआईले जनाएको छ । यसअघि तालिबानले ड्युरण्ड लाइन भनिने पाकिस्तानसँगको सीमामा राखिएको सीमा चिन्ह भत्काइदिएका थिए ।

पछिल्लो समय तालिबान र अफगानिस्तानमा शासन चलाइरहेको तालिबानबीच खटपट उत्पन्न भएको विश्लेषणमाझ तालिबान लडाकुले पाकिस्तानी सेनाले बनाइदिएको मिनार भत्काइदिएका हुन् ।

यसबाहेक दुई पक्षबीच सीमाका विषयमा पनि विवाद रहेको एएनआईले जनाएको छ । यसअघि तालिबानले नियुक्त गरेका अफगान रक्षामन्त्रीले कुनै पनि मुलुकलाई आफ्नो मुलुकविरुद्ध आक्रामक कदम चाल्न नदिने चेतावनी दिएका थिए ।