देश/प्रदेश

फेसबुकमै बालेन र हर्क सम्पाङबीच सवालजवाफ

By खबरहब

August 17, 2022

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ ।

काठमाडौंको फोहोर व्यवस्थापनको बारेमा मेयर साम्पाङले बेला बेला सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका छन् ।

मेयर साम्पाङले बुधबार साँझ पनि सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए ।