समाचार

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

By खबरहब

August 17, 2022

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यचौकी खोटाङबजारमा बुधबार ६ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

पछिल्लोे समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टीजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन् ।