राजनीति

काठमाडौँ ८ बाट चुनाव लड्ने सुमन सायमीको घोषणा

By खबरहब

August 17, 2022

काठमाडौँ– अभियन्ता सुमन सायमीले आगामी संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन्।

स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा पराजित सायमीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् । राष्ट्रका लागि आफ्नो उम्मेद्वारी रहेको सायमीको दाबी छ ।

गएको स्थानीय तह निर्वाचनमा सायमीले काठमाडौँमहानगरको मेयरका लागि उम्मेद्वारी दिएका थिए । त्यति बेला उनले १३ हजार ७ सय ७० भोट ल्याएका थिए । सायमी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन

काठमाडौंको क्षत्र न ८ मा २०७४ सालको चुनावमा एमाले उम्मेदवार जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए । जोशी स्वर्गीय भइसकेका छन् । अघिल्लो चुनावमा एमालेबाट उम्मेदवार बनेका जीवनराम अहिले एकीकृत समाजवादीमा छन् ।