देश/प्रदेश

अछाम पहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो

By खबरहब

September 17, 2022

अछाम – अविरल वर्षापछिको पहिरोमा परी अछाममा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै कमलबजार नगरपालिकाका रहेका छन्। नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ।

यस्तै तुर्माखाँद गाउँपालिकामा २ जना र ढकारी गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

पहिरोमा परेका ८ जनाको अवस्था अज्ञात रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिकाका ७ जना र ढकारी गाउँपालिकाका एक जना रहेका छन्।

पहिरोले तुर्माखाँद र कमलबजारमा २-२ घर र ढकारीमा एक घर पुरिएको छ। त्यहाँका अन्य घर र बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ।