फाइल फोटो

ब्रेकिङ स्टोरी

परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले हामीलाई भेट गरायाे : प्रधानमन्त्री

By खबरहब

September 17, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसद्मा उनीहरूसँग भेट गराएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए ।  उनले बैठकमा आगामी निर्वाचनलाई निष्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे ।  यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दशैँ, तिहार र नेपाल सम्वत्काे शुभकामना पनि दिए ।