फाइल तस्वीर

देश/प्रदेश

तालाबन्दीले समस्याको समाधान हुँदैन : शिक्षामन्त्री पौडेल

By खबरहब

September 17, 2022

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोह २०७९ को अवसरमा आज क्याम्पस परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) का सचिवसमेत रहनुभएका पौडेलले भने, ‘नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् ।‘

तालाबन्दीले विश्वविद्यालयको विकास नहुने भन्दै भने, ‘कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँं । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।’

सहमतिबाटै देशका ठूला–ठूला काम भएका बताउँदै मन्त्री पौडेलले सधैँका लागि तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । पवित्र स्थानलाई तालाबन्दी गरेमा राम्रो नहुने समेत उहाँले तर्क गरे । विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरुको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले महिलाहरूको मुलतः अध्ययनरअध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेकोे पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास गरे ।