देश/प्रदेश

महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन

By खबरहब

September 17, 2022

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस सहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ ।

शनिबार सभामुख सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामा कार्यक्षमता अभाव देखिएको, संसदीय सुनुवाइ समितिमा गरेको प्रतिबद्धताअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोसहित ९ बुँदा उल्लेख गरिएको छ ।

११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको पक्षमा देखिएका छन् भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले फरक मत राखेका छन्।

आजै राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल पनि सकिँदैछ। त्यसअघि नै समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो ।