खेलकुद

इंग्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

By खबरहब

October 17, 2022

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ।

चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफ अर्थात् खेलको ६५ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को स्पष्ट जित दिलाएका हुन्। जितसँगै चेल्सी ९ खेलमा १९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ।

एस्टन १६ औं स्थानमा रहेको छ।