समाचार

मनसुन बाहिरिएसँगै देशभरको मौसम सफा

By खबरहब

October 17, 2022

काठमाडौँ – हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जसकाण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ।

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।