देश/प्रदेश

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु 

By खबरहब

October 17, 2022

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । 

कुखुरेपाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।