फाइल तस्वीर

राजनीति

घरेलु हिंसाबारे आयोगको ध्यानाकर्षण 

By खबरहब

October 17, 2022

धरान– अन्तर-पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मञ्चले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको छ । निर्वाचन कार्यालयलाई पनि भयमुक्त निर्वाचनका लागि खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अन्तर-पुस्ता महिलावादी मञ्चका सह-संयोजक सरू जोशी श्रेष्ठले जानकारी दिइन्। 

हालै एकै दिन मञ्चले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको थियो । निर्वाचनअघि विभिन्न राजनीतिक दलहरूले गर्ने क्रियाकलाप महिलामैत्री नहुने र निर्वाचनपछि विजयी भए पनि नारा जुलुस गर्ने पार्टी खाने तथा महिलामाथि हिंसा गर्ने परिपाटी विद्यमान रहेकाले यस्ता गतिविधि राज्यले नियन्त्रण गर्नुपर्ने सहसंयोजक श्रेष्ठले बताए । 

निर्वाचनको सम्बन्ध घरेलु हिंसासँग जोडिएको कुरा नयाँ भएको बताउँदै आयोगका प्रमुख दिनेश थपलियाले आयोगको ध्यानाकर्षण भएको बताएका छन् । यस विषयलाई सुरक्षा बैठकहरूमा विषय प्रवेश गराउने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएको मञ्जकी सदस्य गीता डगोंलले जानकारी दिए ।