फाइल फोटो

राजनीति

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत 

By खबरहब

October 17, 2022

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए ।

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह गरे । 

प्रवक्ता महतले गठबन्धनले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्रयाकमा ल्याएको दाबी गरे । उनले कांग्रेसले अन्य दलहरूले जस्तो धेरै बोल्ने, तर काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताए ।

उनले वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था सिर्जना गरेको दाबी गरे ।