तस्वीर- मिन्डेन पिक्चर्स

अन्तर्राष्ट्रिय

बारुलाको टोकाइबाट श्रीलङ्कामा ४२ बालबालिका घाइते

By खबरहब

October 17, 2022

काठमाडौँ- उत्तरी श्रीलङ्कामा बारुलाको टोकाइबाट ४२ बालबालिका घाइते भएका छन् । बारुलाको टोकाइबाट घाइते भएका ४२ जना बालबालिकालाई अस्पताल भर्ना गरिएको छ ।

उत्तरी श्रीलङ्काको भावुनियास्थित एक विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका बारुलाले मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् ।

पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् ।

शिक्षक र अभिभावकले तुरुन्तै विद्यालय खाली नगरेको भए अझै धेरै दुर्घटना हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्लामा प्रत्येक वर्ष यस्ता घटना हुने गरेको बताइएको छ । स्थानीय प्रहरीले यस्ता घटनाविरुद्ध कदम चाल्न वन्यजन्तु अधिकारीलाई आग्रह गर्ने गरेका छन् ।