तस्वीर- एपी

अन्तर्राष्ट्रिय

तालिबानको शासनमा महिलाको अवस्था अझ नाजुक बन्दै गएकोमा अफगान प्रतिनिधिको चिन्ता

By खबरहब

October 17, 2022

काठमाडौँ– तालिबानको शासनकालमा महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको संयुक्त राष्ट्रसंघका लागि अफगान स्थायी नियोगका प्रमुखले जनाएका छन् ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा बोल्दै अफगान प्रतिनिधि नसिर अहमद फैकले तालिबानले महिलाहरुलाई नैसर्गिक अधिकार एवम् स्वतन्त्रता हनन् गरेको भन्दै महिलाहरुको अवस्था अझ नाजुक बन्दै गएको जनाएका हुन् ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार फैकले तालिबानले महिला एवम् बालिकाहरुलाई सबै किसिमका सामाजिक, आर्थिक एवम् राजनीतिक सहभागिताबाट संस्थागत रुपमा नै बञ्चित गरेको समेत बताए ।

उनले महिला एवम् बालिकाहरुको आधारभूत अधिकार पुनस्थापना गर्नुपर्नेमा जोड दिँदै तत्काल महिलाका लागि विद्यालय खोल्न समेत तालिबानसमक्ष माग गरेको जनाइएको छ ।