राजनीति

बुर्लाकोटीको उम्मेदवारी निस्क्रिय भएसँगै पौडेललाई सहज

By खबरहब

October 17, 2022

काठमाडौँ – सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध चितवन क्षेत्र नम्बर एकमा बागी उभिएका काङ्ग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेका छन् । पार्टी नेतृत्वले सम्मानजनक भूमिका दिने बताएसँगै बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले आफ्नो स्वतन्त्र उम्मेदवारी निस्क्रिय भएको जनाएका हुन् । तर, मनोनयन फिर्ता लिने समय घर्किसकेकाले आधिकारिकरुपमा उनको उम्मेदवारी भने कायमै छ ।

चितवन–१ मा एमालेको तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र गठबन्धनको तर्फबाट पूर्व योजना आयोगका उपाध्यक्ष पौडेल उम्मेदवार रहेका छन् । अघिल्ला दुई निर्वाचनमा यसै क्षेत्रबाट जितेका पाण्डेको प्रतिष्पर्धी दुबै पटक बुर्लाकोटी नै थिए ।