राजनीति

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

By खबरहब

October 17, 2022

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए। भुसालले गठबन्धन गरेर अन्य पार्टीलाई उम्मेदवार बनाउँदा पार्टी संरचना ध्वस्त हुने भएकाले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।

यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए। भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई सहज भएको आँकलन गरिएको छ ।