फाइल फोटो

खेलकुद

बास्केटबलमा आर्मी र बागमती अगाडि

By खबरहब

October 17, 2022

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलतर्फ चौथो दिन सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले जित हात पारेको छ ।

सोमबार फाइभ अन फाइभ बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल आर्मीले पुलिसमाथि सहज जित निकालेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । आर्मीलाई जिताउन आयुष सिंहले सर्वाधिक ३२ अङ्क प्राप्त गरेका थिए ।

त्यस्तै समूह ९ए० तर्फको दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश नं १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । सोमबार नै सम्पन्न थ्री अन थ्री खेलअन्तर्गत समूह ९ए०को तर्फ एपिएफले प्रदेश नं १ लाई २१–१० स्कोरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिसले मधेस प्रदेशलाई १९–०७ स्कोरले पराजित गरेको छ ।