राजनीति

काठमाडौं -१ : ११ स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी निष्क्रिय

By खबरहब

November 17, 2022

काठमाडौं– काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । 

लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

१५ वर्षसम्म यही क्षेत्रबाट जिते पनि कुनै उल्लेख्य काम गर्न नसकेको कारणले नेता सिंहलाई हराउनैपर्ने चुनावी मैदान छाडेकाहरूको भनाइ छ ।