फाइल फोटो

राजनीति

संविधानको रक्षाका लागि गठबन्धन : प्रकाशमान सिंह

By खबरहब

November 17, 2022

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले संविधानलाई पूर्ण बनाउनका लागि पनि अव गठबन्धनलाई मौका दिनुपर्ने बताए ।

उनले पहिलो र दोश्रो संविधानसभाबाट संविधान बनाउन र त्यसपछिको प्रतिनिधिसभा संविधानलाई पूर्ण बनाउन उपयोग गरेकाले अव चौथो पटक मुलुकको विकासका लागि गठबन्धन दलहरूलाई मौका दिनुपर्ने धारणा राखे ।

नेता सिंहले अब जनतालाई साथमा लिएर मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने जिकिर गरे ।