फाइल तस्वीर

राजनीति

‘रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ’

By खबरहब

November 17, 2022

काठमाडौं– निर्वाचन आयोगले चितवन-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ ।

आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए । 

रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।