समाचार

जुम्ला जिप दुर्घटना अपडेट : तीन जनाको अवस्था गम्भीर

By खबरहब

November 17, 2022

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्तीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् ।

घाइते हुनेमा अंगराज गिरी, आदिप्रसाद न्यौपाने, सुरज चन्द, राजेन्द्र विष्ट, हरिप्रसाद देवकोटा, आशा चौलागईं, सिताराम दराई, सुरेश कार्की रहेका छन् । उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदैछ । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत द्वन्दबहादुर शाहीका अनुसार अंगराज  गिरी, आदिप्रसाद न्यौपाने र सुरज चन्दको अवस्था गम्भीर रहेको छ ।