फाइल तस्वीर

समाचार

अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन आयोगको निर्देशन

By खबरहब

November 17, 2022

काठमाडौं – आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो ।

यस्तै मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्नेरगराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको समेत आयोगले जनाएको छ ।