फाइल फोटो

राजनीति

चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : शेखर कोइराला

By खबरहब

November 17, 2022

मोरङ – नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।

सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताए । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गरे ।