फाइल फोटो

राजनीति

संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्छ : नेता निधि

By खबरहब

November 17, 2022

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मङ्सिर ४ को निर्वाचनपश्चात् देशमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

पाँचदलीय गठबन्धनले चुनाव प्रचारप्रसारको अन्तिम दिन क्षेत्र नं ३ को जनकपुरधाम क्षेत्र नं १ को सबैला र क्षेत्र नं ४ को लक्ष्मीनियाँमा आयोजना गरेको चुनावीसभामा बोल्दै उहाँले संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाइ थियो ।

उनले कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको जिकिर गरे । निधिले देशैभरि गठबन्धनको अवस्था राम्रो रहेको बताए । उनले राष्ट्रियता बलियो पार्न मङ्सिर ४ को चुनावमा पाँचदलीय सत्ता गठबन्धलाई मतदान गर्न आह्वान गरे ।