सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

By खबरहब

December 17, 2022

पेरिस – फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ।

भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो। आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए।

आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।