ब्रेकिङ स्टोरी

संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का

By खबरहब

December 17, 2022

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने बताएका छन् ।

केही दिन यता चलेको राष्ट्रपतिको चर्चाले गम्भिर बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमा देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।

राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने पनि बताएका छन्।

 

राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भिर बनायाे ?
मेराे प्रष्ट धारणा छ;- राष्ट्रपति- देश,जनता र संबिधानसभाले बनाएकाे संविधान प्रति दिल-दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएकाे ब्यक्ति बन्नु पर्छ याे कुरामा नेपाली काँग्रेस पार्टी कसै संग सम्झाैता गर्न सक्तैन, गर्नु हुदैन🌳💐 pic.twitter.com/oaBJ76Bb31

— Purna Bahadur Khadka (@NCPurnaKhadka) December 17, 2022