अपराध

नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

By खबरहब

December 17, 2022

महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका  थिए ।

भिठ्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।