राजनीति

कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्रीको बालुवाटारमा चियापान

By खबरहब

December 17, 2022

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । 

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको हुनसक्ने अनुमान गरेका छन् ।