फाइल फोटो

ब्रेकिङ स्टोरी

‘अबको प्रधानमन्त्री पनि कांग्रेसले दाबी गर्नु स्वभाविक’

By खबरहब

December 17, 2022

काठमाडौं– कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले अब स्वभाविक रुपमा प्रधानमन्त्री दाबी गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूका लागि आज बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेको विषयलाई पनि स्वभाविक रुपमा लिनु पर्ने बताए । उनले भने, ‘तर, सबै रुपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

उनले अब केही दिनमा कांग्रेस  संसदीय दलको निर्वाचन पनि हुने र त्यसपछि प्रधानमन्त्रीको विषय थप टुंगो लाग्ने बताए । यसपटक पनि अरु दलको सहयोग लिएर कांग्रेसले नै सरकार बनाउने र एकताको सन्देश दिन यो जरुरी पनि रहेको उनको भनाइ छ ।

कांग्रेसले भोलि आइतबार ३ बजे कार्यसम्पादन समिति बैठक समेत बोलाएको छ।