समाचार

पोखरामा १० औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल बुधबारदेखि

By खबरहब

December 17, 2022

काठमाडौँ- नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु हुने भएको छ । आगामी बुधबारबाट पोखरामा नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण सुरु हुन लागेको हो । पोखराको बराहीघाटस्थित खुला मैदानमा सञ्चालन हुने फेस्टिभल पुस ११ गतेसम्म चल्नेछ ।

फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवम् काठमाडौँ विश्विद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्लेले प्रवचन दिने कार्यक्रम छ ।

फेस्टिभलमा नेपाल र विदेशका गरी करिब २ सय साहित्यकार, लेखक, कलाकार एवम् सम्पादकहरुको सहभागिता रहने बताइएको छ ।

यसबाहेक दैनिक हजारौँले फेस्टिभलमा सहभागिता जनाउने आयोजक बुकवर्म फाउन्डेसनको विश्वास छ ।

यस संस्करणको फेस्टिभलमा हालै बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेका श्रीलंकाली लेखक सेहन करुणतिलकाको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

यसबाहेक फेस्टिभलमा राजनीतिक दलका नेताहरु, नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि सहभागिता जनाउनेछन् । कोरोना महामारीका कारण गत वर्ष फेस्टिभल हुन पाएको थिएन ।