खेलकुद

गोल अन्तरका आधारमा आयोजक क्यामरुन समूह विजेता

By खबरहब

January 18, 2022

काठमाडौँ – अफ्रीका कप अफ नेसन्समा आयोजक क्यामरुन अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत केप भर्डेविरुद्ध १–१ गोलको बराबरी खेल्दै क्यामरुनले समूह विजेता बनेको हो ।

क्यामरुनका भिन्सेन्ट अबोबाकारले ३९ औं मिनेटमा गरेको गोल केव भर्डेका ग्यारी रोड्रिगेजले ५३ औं मिनेटमा फर्काएका थिए ।

बराबरीसँगै आयोजक क्यामरुनले तीन खेलबाट सात अंक जोडेको छ ।

गएराती नै भएको खेलमा इथियोपियाले बुर्किना फासोसँग १–१ को बराबरी खेलेको थियो ।

बुर्किना फासो र केप भर्डेको समान चार–चार अंक भए पनि केप भर्डे गोल अन्तरका कारण तेस्रो स्थानमा छ ।

यसै समूहमा केवल एक अंक जोडेको इथियोपिया चौथो स्थानमा रहेको छ ।