खेलकुद

प्रधानमन्त्री कपमा आज सेमिफाइनलका दुई खेल हुँदै

By खबरहब

January 18, 2022

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो ।

दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । पुलिस र एपीएफ आआफ्नो समूहमा अपराजित रहेर सेमिफाइनल पुगेका हुन् ।

पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।