राजनीति

उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठक बस्दै

By खबरहब

January 18, 2022

काठमाडौँ – पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ।

बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन रहेको र त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरे पनि सरकारले ढिलाइ गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।