फाइल फोटो

राजनीति

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

By खबरहब

January 18, 2022

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आफूलाई कोभिड संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘अफ्ठेरो महसुस नभए पनि आरामै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबै जनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ।’ उनले भनेका छन्।