बलिउड/हलिउड

कटरीनाको सुपरहिरो फिल्म अनिश्चित

By खबरहब

January 18, 2022

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री कटरीना कैफको सुपरहिरो फिल्मको निर्माण कार्य हाललाई रोकिएको छ । निर्देशक अली अब्बास जफर अन्य प्रोजेक्टमा व्यस्त भएपछि यस बेनामे सुपरहिरो फिल्मको निर्माण कार्य रोकिएको हो ।

निकै महंगो बजेट भनिएको यो फिल्मका लागि निर्देशक जफर कथामा लामो समयदेखि व्यस्त थिए । अभिनेत्री कटरीना सुपरहिरो अवतारमा देखिने समाचार सार्वजनिक भएपछि उनका फ्यान पनि निकै उत्साहित थिए ।

तर निर्देशक जफरले नै फिल्म निर्माणको काम हाललाई स्थगित गरेको जनाएका छन् । अली यतिबेला शाहिद कपुरका साथ एक प्रोजेक्टमा व्यस्त छन् । त्यसपछि उनी टाइगर श्राफ र अक्षय कुमारका साथ ‘बडे मियाँ छोटे मियाँ’ सुरु गर्नेछन् । यो मेगा बजेटको रोमान्टिक कमेडी फिल्म हुनेछ । फिल्मका लागि अक्षयले १ सय ५० करोड पारिश्रमिक लिँदैछन् ।

अलीले अक्षय र टाइगरको अभिनय रहने फिल्मको सुटिङ सुरु गर्ने निर्णय गरेपछि कटरीनाको सुपरहिरो फिल्म अनिश्चित भएको हो । अली सन् २०२२ मा ‘बडे मियाँ छोटे मियाँ’ को काम पुरा गर्नेछन् । त्यसपछि मात्र सुपरहिरो फिल्ममा उनको ध्यान जानेछ ।