फाइल फोटो

देश/प्रदेश

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु

By खबरहब

January 18, 2022

सप्तरी– सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । सप्तरीको रूपनी गाउँपालिका–१ की ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए । उनले भने, ‘महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन् ।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ । यो सँग सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन् ।